१० फाल्गुन २०७२, सोमबार

सिरियाको होम्स र राजधानी दमास्कसमा भएको विस्फोटमा एक सय ४० जनाको ज्यान गएको छ । दमासकसमा भएको चारवटा विस्फोटमा कम्तिमा ८३ जनाको ज्यान गएको छ ।
इस्लामिक स्टेट आइएसले मुस्लिम अल्पसंख्यक समुदायलाई निशाना बनाएर siriya-720x480विस्फोट गराएको हो । ज्यान जानेमा अधिकांश सर्वसाधारण नागरिक छन् । त्यसअघि होम्समा भएको विस्फोटमा ५७ जनाको ज्यान गएको थियो । होम्समा दुई वटा कार बम विस्फोट भएको हो । बिस्फोटको जिम्मेवारी बिद्रोही संगठन इस्लामिक स्टेट आइएसले लिएको छ ।

दमास्कसको साइद अजाइनबमा विस्फोट भएको हो । यो क्षेत्र शिया मुसलमानको सबैभन्दा पवित्र ठाउँ मानिन्छ । होम्सको अलावियो जिल्लामा विस्फोट भएको हो । यसैबीच, विस्फोटको बाबजुत युद्ध विराम गर्ने विषयमा सकारात्मक छलफल भएको अमेरिकी विदेश मन्त्री जोन केरीले बताएका छन् । उनले रुसी समकक्षीसँग वार्ता गरेको र युद्ध विरामको शर्तमा सहमति जुटेको तर विस्तृत रुपमा भने छलफल हुन बाँकी रहेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV