१० फाल्गुन २०७२, सोमबार

काठमाडौँ , नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले आगामी हुने पार्टीको १३ औँ महाधीबेशनमा पार्टीको नयाँ नेतृत्वका लागि आफूसक्षम रहेको दाबी गर्नुभएको छ । देशभरबाट चुनिएर आएका महाधिवेशन प्रतिनिधिहरुको ठूलो संख्याले आफूलाई पार्टीको नेतृत्व लिन दबाब दिइरहेको उहाँको जिकिर छ ।

 

ppp
पार्टीको १३औं महाधिवेशनका लागि काठमाडौं जिल्लाबाट निर्वाचित महाधिवेशन प्रतिनिधिहरुको सम्मान तथा बधाइका लागि नेविसंघ काठमाडौंले सोमबार आयोजना गरेको कार्यक्रममा सिंहले पार्टीमा नेतृत्व नयाँ पुस्तामा आउन आवश्यक भइसकेको बताउनुभयो ।
पार्टीको आगामी नेतृत्वका लागि संस्थापन पक्षबाट कार्यवाहक सभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला लगायतका नेताहरुले नेतृत्वका लागि दाबी गरिरहेका बेला महामन्त्री सिंहले उनीहरु भन्दा आफू कमजोर नरहेको दावी गर्नुभयो ।
यसैगरी कार्यक्रममा नेपाली काँग्रेसका नेता सशांक कोइरालाले अहिलेको अवस्थामा पार्टीलाई एक ढिक्का बनाएर लैजानुको विकल्प नभएको बताउनुभयो । उहाँले नेतृत्वले विचार बोक्न सक्नुपर्ने भन्दै आफू अन्तिम समयसम्म एकताको पक्षमा उभिने बताउनुभयो । नेपाली कांग्रेसको १३औं महाधिवेशन आगामी फागुन तेश्रो सातादेखि काठमाडौंमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV