१० फाल्गुन २०७२, सोमबार

काठमाडौँ , एकीकृत नेकपा माओवादीले सरकारको काम कारवाही सन्तोषजनक नभएको निष्कर्ष निकालेको छ । सरकार जटिल परिस्थितिमा निर्माण भएको कतिपय कामहरु अपेक्षित नहुनु स्वभाविक भए पनि सरकारको कार्यशैली परिवर्तन हुनुपर्ने उसको धारणा छ ।

 

yamaobadi

सोमबार विहान अध्यक्ष निवास लाजिम्पाटमा बसेको स्थायी समिति बैठकले सरकारले गरेका कामको समीक्षा गरेको हो । बैठकमा सरकारलाई प्रभावकारी ढङ्गले अघि बढ्न सुझाव दिने निर्णय गरेको महासचिव कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

यस्तै बैठकमा केन्द्रीय समितिको बैठकले गरेका निर्णयको समीक्षा, प्रदेश समितिहरूमा थपघट गर्ने, जनवर्गीय मोर्चाको भेला गर्नेलगायतका विषयमा पनि भएको थियो । आगामी फागुन २० गते संगठनात्मक कार्यशाला गोष्ठी गर्ने निर्णय पनि बैठकमा भएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV