१० फाल्गुन २०७२, सोमबार

कठमाडौँ , मध्य तराईको बिभिन्न जिल्ला र भारतको विहारका बिभिन्न स्थानमा बोलिने बज्जिका भाषाको संरक्षण र सम्वद्र्धनमा यस भाषा बोल्ने अगुवाहरु जुटेका छन् । विश्व मातृभाषा दिवसको अवसर पारेर ग्रामीण शिक्षा विकास नेपालको आयोजनामा tarai

गौरमा विभिन्न कार्यक्रमहरु गरि बज्जिका भाषा विकास समारोह २०७२ भव्यताका साथ मनाएको छ ।
कार्यक्रममा विभिन्न लोकगित, झाँकी तथा नृत्यहरु प्रस्तुत गरिएको थियो । बज्जिका भाषाको संरक्षण तथा सम्बद्र्धन गर्ने उद्देश्यले आइतवार विश्व मातृभाषा दिवसको अवसर पारेर जिल्ला विकास समिति रौतहट र गरुडा नगरपालिकाको सहयोगमा ग्रामीण शिक्षा विकास नेपालले बज्जिका भाषा विकास समारोह २०७२ को आयोजना गरेको हो ।
विश्व मातृभाषा दिवसको अवसर पारेर आयोजना गरिएको यस कार्यक्रममा लोप हुंदै गईरहेको लोक संस्कृतिको बारेमा नयाँ पुस्तालाई जानकारी दिनुका साथै परापूर्व कालदेखि चल्दै आएको धार्मिक र सांस्कृतिक परम्परा झल्किने कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।
बारा, रौतहट, सर्लाही, महोतरीका साथै भारतको विहार राज्यको मुजफरपुर सम्म बोलिने बज्जिका भाषाको जगेर्ना गर्नका लागि बज्जिका भाषा विकास समारोहको आयोजना गरिएको हो । ग्रामीण शिक्षा विकास नेपाल रौतहटले आयोजना गरेको उक्त कार्यक्रममा मधेसमा मनाईने झिझिंया, समा चखेवा, जरजटिन लगायतका झांकीहरु प्रस्तुत गरिनुका साथै विभिन्न किसीमका लोप हुन लागेका बाजागाजाको प्रदर्शन गरिएको थियो ।
विश्व मातृभाषा दिवसमा हरेक मातृभाषाको सम्मान हुनुपर्ने र बज्जिकाञ्चलमा बोेलिने बज्जिका भाषाको जगेर्नाका लागि प्रत्येक व्यक्तिलाई आफ्नो आफ्नो क्षेत्रबाट उचित योगदान दिनुपर्ने आयोजक संस्थाका अध्यक्ष जयप्रकाश यादवले बताएका छन् ।

कार्यक्रममा रौतहटका प्रमुुुख जिल्ला अधिकारी नरहरि बरालले मातृभाषाको संरक्षणमा अगाडि बढेको ग्रामीण शिक्षा विकास संस्थालाई धन्यवाद दिंदै संविधानले पनि मातृभाषाको सम्मान गरेको । कार्यक्रमको बज्जिका भाषाको विकास र सम्र्वद्धनमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV