काठमाडौँ ,पेट्रोलियम पदार्थको वितरण सहज बनाउन नेपाल आयल निगमले आजदेखि दुई घण्टा अगाडि नै डिपो खोलेको छ ।
हरेक दिन बिहान १० बजे डिपो खोल्ने गरेकोमा आजदेखि दुईघण्टा अघि ८ बजेदेखि नै डिपो खोलेर तेल दिन थालिएको निगमले जनाएको हो ।
पेट्रोलियम पदार्थको आयात बढे पनि वितरणमा समस्या भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वितरण सहज बनाउन निर्देशन दिएपछि त्यसै अनुसार तयारी भएको हो । दुई घण्टा अगाडि नै डिपो खोलेर पम्पहरुलाई परिमाण बढाएर तेल बिक्री गर्न सुरु गरेको निगमले जजनाउको छ ।
अहिले विभिन्न नाका भएर ७० प्रतिशत पेट्रोलियम पदार्थ आयात भइरहेको छ । वितरण सहज गराउन बाँकी ३० प्रतिशत भने स्टकबाट निकाल्ने गरिएको निगमले जनाएको छ । निगमले जतिसक्दो छिटो तेलको वितरण सहज गराउने प्रयास भइरहेको पनि दाबी गरेको छ ।