
रौतहट, बारा, रौतहट जिल्ला आसपासमा रहेका सिम्रौनगढ नगरपालिकाअन्र्तगत रहेका वडामा प्रहरीले करिब एक बिघा जमिनमा लगाइएको अफिम नष्ट गरेको छ ।
इलाका प्रहरी कार्यालय सिम्रौनगढ र बिओपी गोलागन्जका सशस्त्र प्रहरीको संयुक्त टोलीले सोमबार बिहान ५ः३० बजेदेखि अफिम फँडानी गरेको सशस्त्र प्रहरी निरीक्षक बिपिन देवारले बताउनुभयो ।
सिम्रौनगढ नपा–४ मा चार कट्ठा, वडा नम्बर २ मा दुई कठ्ठा, भगवानपुर–८ मा नौ कट्ठा, कर्चोवा–१ मा सात कट्ठा गरी करिब एक बिघा फुल्न लागेको अफिम सुराकीले दिएको आधारमा फँडानी गर्ने सफल भएको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक कुमार पडित क्षेत्रीले जानकारी दिनुभयो । रासस