१० फाल्गुन २०७२, सोमबार

अमेरिकी राज्य क्यालिफोर्नियाका अधिकारीहरुले यौन चलचित्रहरुमा खेल्दा कलाकारहरुले अनिवार्य रुपमा अस्थाई साधन कण्डम प्रयोग गर्नु पर्ने नियमलाई खारेज गरिदिएको छ ।

condom

राज्यको पेशागत सुरक्षा विभाग र स्वास्थ्य विभागले यस्तो निर्णय गरेको हो । यो निर्णयले एच आइ भी तथा एड्स रोकथामका लागि कार्य गर्दै आएका निकायहरुलाई बहसका लागि ठुलो विषय बनेको छ । एड्स हेल्थकेयर फाउन्डेसन नामक गैर सरकारी संस्थानले बिगत केहि वर्ष देखि विचाराधीन यस विषयको विरुद्ध व्यापक छलफल चलाए पनि गत बिहिबार सम्बन्धित निकायले सो नियमलाई खारेजीमा लगेको हो । यता राज्यको यौन चलचित्र उद्योगले भने सो कदमको स्वागत गरेको छ । कण्डमको प्रयोग गरेर खेलिएका चलचित्रहरु हेर्न दर्शकहरुले नरुचाउने र यसले गर्दा आफ्नो करोडौंको लगानी डुब्ने गरेको भन्दै सो निर्णय सहि भएको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV