
काठमाडौँ, । भारतको लखनउमा भएको चौथो अन्धा तथा बहिरा राष्ट्रिय जुडो च्याम्पियनसिपमा नेपालका मनोज भट्ट र आदित्य शेर्पाले रजत पदक हात पारेका छन् ।
भट्टले ७३ केजी तौल समूहमा तेलाङगनाका आर शिवलाई र शेर्पाले ६० केजी तौल समूहमा दिल्लीका गौतम कुमार तथा तेलाङ्गनाका एसके मोहम्मदलाई पराजित गर्दै रजत पदक हात पारेको नेपाल जुडो सङ्घका महासचिव धर्मकुमार श्रेष्ठले जानकारी दिनुभयो । रासस