
विराटनगर । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला पार्टी नेतृत्वलाई बहुपद्धतीमा लैजानु पर्ने बताएका छन् । मुलुक संघियतामा गइरहेकाबेला पार्टीलाई पनि बहुपद्धती प्रणलीमा लैजानु पर्ने धारण ब्यक्त गरेकी छन ।
नेपाल प्रेस युनियन मोरङले सोमबार विराटनगरमा े आयोजित गरेको पत्रकार सम्मेलनमा नेतृ कोइरालाले युवा पुस्ताको नेतृत्व विकास गर्न र संगठन सुदृढिकरणका लागि पनि पार्टी नेतृत्वलाई बहुपद्धतिमा लैजानुपने बताइन् ।
उनले भनिन्, ‘यो परिपार्टीबाट संगठन अगाडि वढन सक्दैन । अबका दिनमा उपसभापति, महामन्त्री लगायतका पद वढाउन आवश्यक छ ।’
कांग्रेस नेतृ कोइरालाले १३औं महाधिवेशनमा आफनो सभापतिको उम्मेदवारी अहिलेसम्म कायम रहेको बताइन् । उनले भनिन्, ‘मेरो उम्मेदवारी अहिलेसम्म सभापतिमा नै हो ।सबैको सल्लाह अनुसार अगाडी वढ्छु ।’ तर, म पार्टीलाई नराम्रो हुने र क्षति हुने काम गर्दिनँ ।