१० फाल्गुन २०७२, सोमबार

पछिल्लो समयमा बलिउड नायिकाहरुमा हलिउड फिल्मतिर आकर्षण बढीरहेको छ । बलिउड फिल्म ईन्डष्ट्रिमा आफ्ना बेग्लै पहिचान बनाईसकेका बलिउड नायिकाहरु हलिउड फिल्मतिर आकर्षित भई राखेका छन् ।
rock

priyanka
पुर्व मिस वल्र्ड प्रियंका चोपडा अहिले बलिउड देखि लियर हलिउड सम्ममा चर्चित नायिकाको रुपमा पहिचान बनाईसकेकी छिन् । प्रियंकाले हलिउड टेलि सिरीयल क्वान्टिको बाट आफ्नो हलिउड करीयर सुरु गरेकी थिईन् । क्वान्टिको टेलि सिरीयलले प्रियंकालाई प्रसंसाका साथै पिपुल्स च्वाईस अवार्ड पनि जितायो । प्रियंकाको अहिले हलिउड फिल्म मेकर देखि कलाकारहरु सबैले प्रसंंसा गरीरहेका छन् । अहिले प्रियंका क्वान्टिको टेलीसिरीयल पछि वेवाच फिल्ममा काम गर्ने तयारीमा छिन् । प्रियंकाले वेवाच फिल्ममा रक जोनसन सँग काम गर्दै छिन् । हलिउड मेकअप कलाकार डोनाल्ड सिम्रकले पनि नायिका प्रियंकाको प्रसंसा गरेका छन् । सिम्रकले भन्छन् “प्रियंका चोपडा विश्वकै एक सुन्दरी महिला हुन् ।” सिम्रक अहिले मुम्बईमा छन् । बलिउड हलिउड ईन्टरनेश्नल मेक अप एण्ड हेयर एकेडेमीज वोर्कसपमा बोल्दै सिम्रकले प्रियंकाको प्रसंसा गरेका हुन् । सिम्रकले प्रियंकाले क्वान्टिको मा गरेको काम र उनले पाएको पिपल्स च्वाईस अवार्डको बारेमा बोल्दै प्रसंसा गरेका छन् ।

deepika
त्यस्तै बलिउडकी अर्कि नायिका दीपिका पादुकोण पनि हलिउड एक्सन फिल्म त्रिपल एक्समा काम गर्दै छिन् । दीपीकाले पनि नायिका प्रियंका जस्तै हलिउडमा विभिन्न प्रसंसा बटुल्दै छिन् । अझ भन्नु पर्दा प्रियं्रका भन्दा दीपीका भाग्यमानी देखिन्छिन् । दीपीकाले हलिउडमा एकै चोटि ठुलो पर्दामा काम गर्ने मौका पाएकी छिन् । हलिउड एक्सन फिल्म त्रिपल एक्स फिल्ममा दीपीकाको अपोजिटमा भिन डीसेल रहेका छन् । त्रिपल एक्स फिल्मका निर्देशक कारासोले पनि दिपीकालाई निर्देशन गर्ने मौका पाउँदा निकै गौरान्वित भएको ठान्दै प्रसंसा गरेका छन् । यसरी सबै बलिउड नायिकाहरु हलिउड तिर लागे पछि बलिउडको भविष्य कस्तो होला त ?

प्रतिक्रिया दिनुहोस्

LIVE TV