१० फाल्गुन २०७२, सोमबार

पाल्पा,  सङ्क्रमित हुने महिलाको सङ्ख्या बर्सेनि बढदै गएको छ ।

 

kya

नेपाल परिवार नियोजन सङ्घ पाल्पाले विभिन्न समयमा गरेको स्वास्थ्य शिविरमा परीक्षण गराएका एक हजार ३२ जनामध्ये माघ महिनाको अन्तिमसम्म ४४ जना महिलामा पाठेघरको क्यान्सर भएको पाइएको हो । आव २०७१÷७२ मा ४०० जनामा पाठेघरको क्यान्सरको परीक्षण गरेकामा १४ जना सङ्क्रमित भेटिएका थिए ।

पाठेघरको सम्भावित क्यान्सरलाई समयमा औषधोपचार गर्न सकेको अवस्था निको हुने विज्ञहरु बताउछन् ।

सङ्घले पाठेघरको क्यान्सरलाई थप परीक्षण र उपचारका लागि भरतपुरको क्यान्सर अस्पताल र सङ्घको केन्द्रीय कार्यालय पठाउने गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

LIVE TV