१० फाल्गुन २०७२, सोमबार

पाँचथर, एनसेलको सिमकार्डबाट रकम ठगी गर्ने दुई युवालाई प्रहरीले पक्राउ गरी हिजो सार्वजनिक गरेको छ ।

 

hatkadi

पक्राउ पर्नेमा झापा गौरदाह–९ का प्रकाश दाहाल र मोरङ पत्थरी ९ मेघनाथ गिरी रहेका छन् ।

उनीहरुलाई एनसेलको मोबाइलबाट ‘एप्लिकेसन प्रोग्राम’मार्फत एसएमएस पठाएर रकम ठगी गरेको आरोपमा राजधानीबाट यही फागुन ४ गते पक्राउ गरी पाँचथर ल्याइएको प्रहरीले जनाएको छ ।

तेह्रथुम छातेढुङ्गा–६ का नारानाथ सुनवारको रु १६ हजार र फिदिम–१ का प्रेम तामाङको रु २३ हजार उनीहरुले ठगी गरेको बताइएको छ ।

उनीहरुले ‘तपाईँलाई एनसेलबाट एक लाख, दुई लाख र रु तीन लाखसम्म बोनस रकम परेको छ, त्यसका लागि करबापतको रकम तिनुपर्ने’ भन्दै प्रतिव्यक्ति रु १६ हजारदेखि रु ३६ हजारसम्म रकम ठगी गरेको अनुसन्धानबाट देखिएको प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताउनुभयो ।

उनीहरुले छब्बीस हजारका दरले झापा, मोरङ, इलाम, पोखरा र स्याङ्जाका करिब १० जनालाई ठगी गरेको उजुरी आइसकेको उहाँले बताउनुभयो । ठगीका मुख्य योजनाकार भारत राजस्थानका सुमित शर्मा भने फरार रहेको र उनको खोजी भइरहेको बताइएको छ । रासस

LIVE TV