१० फाल्गुन २०७२, सोमबार

काठमाडौँ ,हिन्दू नेपाली महिलाहरुको कठोर व्रतको रुपमा लिइने एक महिना लामो श्रीस्वस्थानी व्रतकथा आज सम्पन्न हुदैंछ ।

so
निष्ठा र भक्तिपूर्वक श्री स्वस्थानीको व्रत गरेमा दुःखकष्ट नाश भई परिवारमा सन्तानसुख र श्रीवृद्धि प्राप्त हुने विश्वासका साथ यो व्रत बस्ने परम्परा छ ।
हरेक बर्ष पौष शुक्ल पूर्णिमादेखि शुरु गरेर माघ शुक्लपूर्णिमाका दिन सम्पन्न गरिने यस व्रतमा भगवान शिवको विशेष पूजा उपाशना गरिन्छ ।
व्रत समापनको अवसरमा श्रीस्वस्थानी परमेश्वरीको व्रतकथा सम्पूर्ण अध्याय वाचन श्रवण गरी विधिपूर्वक समर्पण गरिएको प्रसाद पति वा पुत्रलाई खान दिने र फूलप्रसादि पवित्र नदीमा लगी विसर्जन गर्ने चलन छ ।
व्रतसम्पन्न गर्ने दिन रातभर भजन कीर्तन गरी जाग्राम बस्ने पनि परम्परा छ । व्रतका बेला काठमाडौको पूर्वोत्तरमा बग्ने शालीनदीमा स्नान गर्ने र स्वस्थानीको पूजाआजा गर्ने भक्तव्रतालुहरुको विशेषमेला लागेको थियो ।

यसैगरी देवघाट चतराधाम, रुरुक्षेत्र,गलेश्वर लगाएत देशका विभिन्न तीर्थ तथा नदी दोभान त्रिवेणीमा पनि श्रीस्वस्थानीको व्रत गर्ने र स्नान गर्ने भक्तजनको भीड लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV