१० फाल्गुन २०७२, सोमबार

काठमाडौं ।पाँचथरका कार्यालय प्रमुखहरुले सरकारी गाडीको दुरुपयोग गरेको पाइएको छ ।
जिल्लाका सम्पूर्ण कार्यालयह प्रमुखहरु शनिबार आ आफ्नो कार्यालयका गाडी लिएर पिकनिकका लागि लालीखर्क पुगेका आजको कारोबार दैनिकमा समाचार छ ।

 

sak
सरकारी काममा मात्र गाडी प्रयोग गर्ने नियम उल्लंघन गर्दे कार्यालय प्रमुखहरु शनिबार बिहानै सरकारी गाडीमा खासी बोकासहित वनभोज स्थलतर्फ लागेका हुन् ।
गाडी नभएका कार्यालय प्रमुखहरु भने लिफ्ट मागेर लालीखर्क पुगेका थिए ।
सरकारी विदाको दिन गाडी प्रयोग गर्नुलाई अख्तियारको दरुपयोग भन्न मिल्ने सरोकारवालाहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV