१० फाल्गुन २०७२, सोमबार

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी गठबन्धन सरकारमा उपप्रधान तथा गरिवि निवारण र सहकारी मन्त्री छन् ।

chitrabahadur_kc
जुन संविधानलाई टेकेर उनी मन्त्री बनेका छन्, उनको दलले भने त्यही संविधानमा व्यवस्था भएको संघीयताविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको आजको अन्नपूर्णमा समाचार छ ।
गठबन्धन सरकारको साझेदार दल राष्ट्रिय जनमोर्चा ९राजमो० ले नयाँ संविधानले अंगिकार गरेको संघीय राज्य प्रणाली खारेजीको माग गर्दै देशव्यापी जनजागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
राजमोले संघीयताबाहेकका संविधानका अन्य व्यवस्थाको कार्यान्वयनमा सक्रिय हुने निर्णय गरेको छ मोर्चाको बुटवलमा आइतबार सम्पन्न तिनदिने तेस्रो सम्मेलनले यस्तो निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV