
काठमाडौँ , भूकम्प प्रभावित जिल्लाका क्षतिग्रस्त अधिकांश विद्यालयको पठनपाठन आउँदो शैक्षिक सत्रमा ठप्पै हुने भएको छ। कान्तिपुर दैनिकमा समाचार छ।
गोरखा, धादिङ, काभ्रे, दोलखा, सिन्धुपाल्चोकलगायत भूकम्प प्रभावित जिल्लाका प्राय विद्यालय अझै पाल र टहरामा संचालित छन् । भवन पुनर्निर्माणको काम हुन नसकेकाले हजारौं बालबालिकाको शैक्षिक भविष्य प्रभावित भएको छ ।