
काठमाडौं – स्कुल बसको ठक्करले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्ज टिचिङ० मा एमडी गर्दै गरेका दुई डाक्टरको मृत्यु भएको छ ।
थापागाउँस्थित विद्या संस्कार स्कुलको बा१प ४३ नम्बरको माइक्रो बस कान्ति बाल अस्पतालपछाडिको ओरालो सडकमा अनियन्त्रित भएर पैदलयात्रीलाई ठक्कर दिँदा विद्यार्थीको मृत्यु भएको हो ।
महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रहरी निरीक्षक टंकप्रसाद भट्टराईका अनुसार मृत्यु हुनेमा टिचिङमा छाला रोगसम्बन्धी विषयमा एमडी गर्दै गरेका प्युठान विजुवारका डा। सन्दीप सुवेदी र भारत बिहारका डा। शनिआनन्द छन् । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।