
काठमाडौं,तस्करी र अपराधमा प्रयोग भएको आंशका गर्दै गृह मन्त्रालयले अन्र्तराष्ट्रिय विमानस्थलभित्रका इमर्जेन्सी एक्जिटका ३ वटा ढोका बन्द गरेको छ ।
नयाँ पत्रिका दैनिकमा समाचार छ। गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख तथा प्रवक्ता यादव कोइरालाको नेतृत्वमा ३ वटा शंस्कास्पद ढोकामा ताल्चा लगाइएको हो।
कोइराला शनिबार अनुगमन तथा बैठकका लागि विमानस्थल पुगेका थिए। कोइरालाकै नेतृत्वमा गृहले विमानस्थल तथा अध्यागमन सुधारका लागि कार्ययोजना बनाइरहेको छ ।