९ फाल्गुन २०७२, आईतवार

पोखरा, फागुन ९ गते । ‘सकेसम्म रोग लाग्न नदिउँ, यदि लागिहालेमा बेलैमा उपचार गरौँ’ भन्ने मूल नाराका साथ यहाँ मिर्गौला तथा मधुमेहसम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भयो । पोखरा डाइविटिज एण्ड थाइराइड क्लिनिक नयाँबजारले अत्याधुनिक मेसिनसहित ल्याब सेवा शनिबारदेखि सञ्चालनमा ल्याएको अवसरमा आयोजित निःशुल्क स्वास्थ्य परीक्षणमा करिब ३०० भन्दा बढीले मधुमेह र मिर्गौलाको परीक्षण गराएका थिए ।

kidney

सो अवसरमा आयोजित सचेतना कार्यक्रममा मिर्गौला तथा पिसाब नली विशेषज्ञ डा विष्णु पहारीले खानपानमा ध्यान नदिनु र शारीरिक व्यायामको अभावले अहिले समाजमा नसर्ने रोग बढिरहेको प्रति चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले बेलाबेलामा रक्त परीक्षण गरी बेलैमा सचेत भएर उपचारमा लागेमा मधुमेहका बिरामीले पनि लामो समयसम्म दीर्घजीवन प्राप्त गर्नसक्ने धारणा राख्नुभयो ।

शिक्षाविद् गणेशबहादुर गुरुङले मधुमेह रोग लाग्यो भन्दैमा नआत्तिन सबैसँग आग्रह गर्नुभयो ।

नेपाल मधुमेह समाज कास्कीका अध्यक्ष कृष्णप्रसाद बरालको अध्यक्षतामा सचेतना कार्यक्रम भएको थियो ।

 

LIVE TV