९ फाल्गुन २०७२, आईतवार

काठमाडौँ,उपप्रधान एवम रक्षामन्त्री भीम रावलले सुदुर पश्चिमलाई टुक्रयाउने चाहनेहरुले कैलालीमा एसएसपीको हत्या गरिएको दाबी गर्नुभएको छ  । उहाँले सुदुर पश्चिमेली जनताको अखण्डित एकता र सदभावलाई विभाजन नगर्न सवैलाई आग्रह समेत गर्नुभएको छ ।

Bhim-rawal

आइतवार काठमाडौंमा आयोजित सुदुरपश्चिमको विकास र चुनौति विषयक विचार गोष्ठीमा उपप्रधानमन्त्री रावलले राज्यको उदासीनताका कारण सुदुरपश्चिमको अपेक्षित विकास हुन नसकेको स्वीकार गर्नुभयो । उहाँले विकास निर्माणको काम गर्दा सँधै पूर्ववाट मत्रै गरिने परिपाटीले सुदुरपश्चिम सँधै चेपुवामा परेको वताउनुभयो ।

अन्र्तक्रियमा विभिन्न क्षेत्रका बुद्धिजीविहरुले सुदुरपश्चिम क्षेत्रमा प्रशस्तै सम्भावना रहेको र त्यसलाई सही परिचालन गर्न सके सुदुरपश्चिमको विकास सम्भव भएको वताएका छन् ।

 

LIVE TV