९ फाल्गुन २०७२, आईतवार

टर्की, टर्कीको राज्यद्वारा सञ्चालित समाचार संस्था एनाटोलिया न्युज एजेन्सीमा कार्यरत तीन जना पत्रकारलाई कुर्दिस्थान वर्कर्स पार्टी (पीकेके) समर्थक लडाकूले आइतबार अपहरण गरेका छन् ।

मार्दिन प्रान्तको न्युसायबिन इलाकामा अपहरणमा परेका पत्रकारलार्ई कहाँ लगियो भन्नेबारे सुरक्षाकर्मीले खोजी सुरु गरिरहेको छ ।

bidrohi

न्युसायबिन इलाकामा सरकारी सुरक्षा फौजले पीकेके विद्रोहीविरुद्ध लक्षित गरी चलाएको बृहत् सुरक्षा अभियानपछि ठूलो सङ्ख्यामा विद्रोही लडाकू उक्त क्षेत्रबाट पलायन भएको टर्कीबाट प्राप्त समाचारमा उल्लेख छ ।

टर्कीको सबैभन्दा ठूलो न्युज एजेन्सीको एनाटोलियाको टर्कीभित्र र विदेशमा पनि ठूलो सञ्चार सञ्जाल छ ।

टर्कीको सुरक्षा बल र पीकेकेबीच भएको युद्धबिराम गएको जुलाईमा भङ्ग भएपछि न्युसायबिनमा सुरक्षाफौज र कुर्दिस लडाकूबीच तनाव देखिँदै आएको छ ।

पछिल्ला केही दिनहरुमा टर्कीले कुर्दिस विद्रोहीविरुद्ध लक्षित गर्दै पीकेके विद्रोहीको आश्रयस्थल रहँदै आएको टर्की र सिरियाली सीमा क्षेत्रमा सुरक्षा कारबाही बढाइएको छ ।

टर्कीले सीमा क्षेत्रमा कुर्दिस विद्रोहीका आतङ्कवादी गतिविधि निस्तेज पार्ने अभियानस्वरुप कारबाही चलाउँदै आएको यो कारबाही देशको शान्ति सुरक्षाका लागि आवश्यक भएको बताउँदै आएको छ । रासस÷एएफपी

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV