९ फाल्गुन २०७२, आईतवार

सुनसरी,प्राविधिक विद्यार्थी सँगठन नेपालले पुर्वाञ्चलव्यापी बृहत विज्ञान प्रदर्शनी गर्ने भएको छ । आयोजक सँस्थाका विद्यार्थीले इटहरीमा पत्रकार सम्मेलन गर्दै फागुन १३ र १४ गते धरानको पुर्वाञ्चल इन्जिनियररिङ क्याम्पसमा उक्त प्रदर्शनीबो बारे जानकारी गराएका हुन ।

पुनर्निर्माणका लागि पूर्वको प्रतिवद्धता भन्ने मुल थिममा आधारित भएर विज्ञान प्रविधिलाई प्रदर्शनीमा उतारिने कार्यक्रम संयोजक अनुभव पोख्रेलले बताए । उनका अनुसार पुर्वका ३० ओटा प्लस टु साइन्स क्याम्पस र ८ वटा प्राविधिक कलेजले उक्त प्रदर्शनीमा सहभागीता जनाउने छन् ।

bigyan

भूकम्प लगाएतका प्राकृतिक विपत्तिमा आइपर्ने आपतलाई सामना गर्न प्रविधिको उपयाेिगिता बारे जनचेतना जगाउन कार्यक्रमले महत्वपुर्ण उपलब्धि हाँसिल गर्ने बताइएको छ । झापा, मोरङ र सुनसरीका विभिन्न प्राविधिक विषयसँग आवद्ध रहेका विद्यार्थीले प्राविधिक दक्षता र क्षमतालाई उजागर गर्ने बताइयो ।

आयोजक संस्थाका सदस्य सपन थापमगरका अनुसार राजधानी केन्द्रित प्रदर्शनीलाई पूर्वाञ्चलमा भित्र्याई यहाँको विद्यार्थीको दक्षतामा अभिवृद्धि गरिने छ । स्थानीय कलेजका विद्यार्थी सहभागी गराई यस्ता महत्वपुर्ण कार्यक्रम आयोजना गरिए शैक्षिक क्षेत्रको स्तर उन्नति हुने आयोजकको बिश्वास रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV