९ फाल्गुन २०७२, आईतवार

बेरुत, मध्य सिरियाली सहर होम्समा भएको दुईवटा कारबम विस्फोटनमा कम्तीमा ४६ जनाका मृत्यु भएको मानव अधिकारवादी समूहले जनाएको छ ।

बेलायतसँग आवद्ध सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले यस आक्रमणमा मारिएका सवै सर्वसाधारण नागरिक रहेका जनाएको छ ।
car bomb
यस आक्रमणमा परी दर्जनौ व्यक्ति घाइते भएका घाइतेमध्य घेरैको अवस्था गम्भीर हुनाले मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

यद्यपि सिरियाली सरकारी टेलिभिजन च्यानलले भने यस आक्रमणमा २५ व्यक्तिको मात्र मृत्यु भएको जानकारी दिएको छ ।

यो आक्रमण यस सहरमा भएका भीषण आक्रमण मध्येको एक भएको जनाइएको छ । यस सहरलाई आक्रमणकारीले बारम्बार आक्रमण गर्दै आएको बताइएको छ ।

सन् २०१४ को अक्टोबर महिनामा एक विद्यालयमा भएको आक्रमणमा कम्तीमा ४८ बालबालिका र चार युवाको मृत्यु भएको थियो । रासस

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV