९ फाल्गुन २०७२, आईतवार

न्युज २४ टेलिभिजनका  म्याग्दी संवाददाता हरिकृष्ण गौतम सम्मानित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिति मोनाले कतारको दोहामा आयोजित कार्यक्रममा गौतमलाई नगद पुरस्कार सहित सम्मानित गरेको हो ।

harikrishna

जिल्लामा रहेर प्रवासी म्याग्देलीका गतिविधिमा समाचार संप्रेषण गरेकोमा संघले नगद २१ हजार १२१ र कदर पत्रले पत्रकार गौतमलाई सम्मान गरिएको हो । मोना कतारको ब्यानर अनावरण र साक्षत्कार कार्यक्रममा मोना अन्र्तराष्ट्रिय कार्यकारी समितिका अध्यक्ष योगेन्द्रबहादुर क्षेत्री, मोना कतारका अध्यक्ष गणेशप्रसाद श्रेष्ठ र एनआरएनए कतारका अध्यक्ष विनेश तामाङले संयुक्त रुपमा गौतमलाई सम्मान गरेका हुन् । पत्रकार गौतम स्थापनकाल देखि न्यूज २४ टेलिभिजनमा सक्रिय रहँदै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV