९ फाल्गुन २०७२, आईतवार

२३ वर्ष पछि नेपाललाई फुटबलमा स्वर्ण पदक जिताउन सफल भएका फुटबलका प्रशिक्षक राजुकाजी शाक्य र खेलाडी प्रकाश बुढाथोकीलाई गृहनगर धरानमा भव्य सम्मान गरिएको छ । धरान उपमहानगरपालिका तथा धरान फुटबल क्लब सगै धरानमा रहेका एक दर्जन संघसंस्थाले उनिहरुलाई सम्मान गरेका हुन् । धरान १२ स्थित चतरा लाईनमा जन्मेका तथा धरानवाटै फुटबल करिअर सुरु गरेका शाक्य र धरानमा हुने मोफसलकै प्रतिष्ठित बुढासुब्बा फुटबल प्रतियागितावाट फुटबलको करिअर सुरु गरेका धरान २७ पटनालीका प्रकाश बुढाथोकीलाई गृहनगरवासीका तर्फबाट सम्मान गरेको हो । शाक्य र बूढाथोकीले धरानलाई फुटबल खेलाडिको उर्वर भुमि भएको साबित गरेको भन्दै सम्मानित गरेको हो ।सम्मान पाएसगै आफ्ना सर्घषको अनुभव सुनाउने क्रममा शाक्य पुरान दिन सम्झेर भावुक बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV