९ फाल्गुन २०७२, आईतवार

काठमाडौँ,बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले जनादेश साप्ताहिकको कार्यालय कब्जा गरेको छ ।
छन् ।

baburam-bhattarai
बाबुरामको निर्देशनमा नयाँ शक्तिका प्रवक्ता खिमलाल देवकोटाले ‘नयाँ शक्तिको’ प्रचार–प्रसार कार्यालय सञ्चालन गर्न भन्दै संखमुलस्थित साप्ताहिकको कार्यालयमा प्रवेश गरी कम्प्यूटरलगायत महत्वपूर्ण कागजात र कार्यालयको साँचोसमेत कब्जामा लिई कार्यालय नियन्त्रणमा लिइएको बताइएको छ ।
यसरी ‘जनादेश साप्ताहिक’ को कार्यालयमा रहेको कम्प्यूटरलगायतका सामग्री कब्जा गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका महासचिव उजीर मगरले एक विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘महासंघ जनादेश साप्ताहिक सञ्चालनमाथि गरेको नियन्त्रणकारी शैलीलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेप भएको ठहर गर्दै घटनाको घोर भत्र्सना गर्दछ । नियन्त्रण गरिएका सम्पूर्ण सामग्री फिर्ता गरी प्रेसको संवैधानिक अधिकारलाई सम्मान गर्न महासंघ सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउँदछ ।’

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV