९ फाल्गुन २०७२, आईतवार

काठमाडौँ,पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आइतवार बसेको स्थायी कमिटीको बैठकमा सरकारका कामकारबाही छलफल भएको हो ।

parchanda

बैठकमा एकीकृत माओवादीबाट सरकारमा सहभागी स्थायी कमिटी सदस्यहरुले सरकारले गरेका कामकारबाहीबारे पार्टीलाई जानकारी गराएका थिए । सरकारका काम कारबाहीबारे प्राप्त भएको जानकारीका आधारमा सोमवार देखि सरकारका काम कारवाही वारे समीक्षा हुने एकीकृत माओवादीका महासचिव कृष्णवहादुर महराले जानकारी दिनु भयो ।

यस्तै बैठकमा केन्द्रीय समितिको बैठकले गरेका निर्णयको समीक्षा, प्रदेश समितिहरूमा थपघट गर्ने, जनवर्गीय मोर्चाको भेला गर्नेलगायतका विषयमा पनि आगामी बैठकमा छलफफल गर्ने निर्णय गरेको छ । अर्को  बैठक सोमवार बिहान ८ बजे बोलाइएको छ ।

LIVE TV