९ फाल्गुन २०७२, आईतवार

नेकपा एमाले निकट राष्ट्रिय जन साँस्कृतिक महासंघ, नेपालको २८ औँ वार्षिक उत्सव इलाम सदरमुकाममा शुरु भएको छ । कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता साथै गीतकार झलनाख खनालद्वारा सृजना गरिएका र संगितकार अशोक राईद्वारा संगित भरिएका गीतहरु प्रस्तुत गरिएका थिए । इलाम सदरमुकाम स्थित गौतम बुद्ध सभागृहमा भएको र जेएन सांगीतिक साँझ नाम दिइएको कार्यक्रमको सुरुवातमा बिभिन्न कविहरुले आआफ्नो कविता वाचन गरेका थिए । एमालेका महासचिव इश्वर पोखरेलको उपस्थितिमा भएको कार्यक्रमा ४० जना कवि कवियत्रीले आफुले रचना गरेका कविता बाचन गरेका थिए । कार्यक्रममम महासचिव पोखरेलले पनि दुई वटा कविता वाचन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV