९ फाल्गुन २०७२, आईतवार

नेपाल र भारतबीच द्धिदेशीय सम्वन्ध सुदृढ गर्दै आपसी सहयोगका विषयमा थप साझेदारी गर्ने सहमति भएको छ । दुवै मुलुक आतंकवाद र सीमापार अपराध विरुद्ध एक हुने सहमतिसंगै ७ बुँदे सम्झौता समेत भएको छ ।भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्धारा संयुक्त पत्रकार सम्मेलनमा धारणा राख्नेक्रममा द्धिदेशीय सम्वन्धलाई नयाँ उचाईमा पु¥याउने प्रतिवद्यता व्यक्त गरेका छन् । पत्रकार सम्मेलनमा धारणा राख्दै प्रधानमन्त्री ओलीले दुई मुलुकबीच पछिल्ला केही महिनायता तीत्तता रहेपनि यो भ्रमणले सम्वन्धमा नयाँ पन कायम गरेको बताउँनुभयो । उँहाले नेपालको विकासमा भारतले पु¥याएको सहयोग उल्लेखनीय भएको बताउँनुभयो ।

LIVE TV