
नेपाल अपार जलसम्पदाको मुलुक मात्र होइन , हिमालयको फेददेखि तराईसम्मको समथर भूमिमा पाइने प्राकृतिक जडिबुटीले पनि नेपाललाई धनी मानिन्छ । नेपालको जलसम्पदामाथि भारतले आँखा गाँडेको दशकौं वितिसकेको कसैबाट छिपेको छैन् तर अब आएर यिनै जडिबुटी तर्फ पनि भारतले ध्यान दिएको हो की भन्ने आभाष भएको छ, आयुर्वेदिक विद्यालय खोलिदिन प्रस्ताव गरेर । तर सुकार्यको लागि हो भने यो स्वागतयोग्य छ ।