९ फाल्गुन २०७२, आईतवार

काठमाडौँ , नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि भएको चुनावको मतगणना चलिरहेको छ ।

 

aakhil

केहीबेर अघिसम्म अध्यक्षका प्रत्यासी नविना लामा एक सय १३ मतले अघि हुनुहुन्छ । मेची, कोशी, काठमाडौं उपत्यका, माथिल्लो सगरमाथा, तल्लो सगरमाथा, जनकपुर, बाग्मती, धौलागीरी, नारायणी र गण्डकी क्षेत्रको मतगणना हुँदा लामाको प्यानल नै अघि देखिएको छ ।

लामाले अहिलेसम्म ४ सय ८७ मत प्राप्त गर्नुभएको छ भने अर्का उम्मेदवार दिपक गौतमले ३ सय ७४ मत प्राप्त गर्नुभएको छ ।

महासचिवमा लामा प्यानल कै ऐन महर एक सय १२ मतले अघि हुनुहुन्छ । महरको पक्षमा ४ सय ८१ र गौतम पक्षका अब्दुल हुसेन खाँको पक्षमा ३ सय ६९ मत खसेको छ । उपाध्यक्षमा लामा प्यानल कै रश्मि आर्चायले अग्रता लिनुभएको छ । पदाधिकारीको मतगणना चलिरहेको र आज बेलुकासम्म नतिजा सार्वजनिक हुने अनेरास्ववियुले जनाएको छ ।
१५ सय ९७ प्रतिनिधि रहेकोमा चुनावमा १५ सय १९ जनाले मतदान गरेका थिए । अनेरास्ववियुमा १ सय ४१ सदस्य सहित राष्ट्रिय परिषद सदस्य, अनुशासन आयोग र लेखा आयोगको १५÷१५ जना सदस्य चयनको लागि चुनाव भएको हो ।

LIVE TV