९ फाल्गुन २०७२, आईतवार

रत्ननगर ,चितवन । मन्दिरको विकास गरी पर्यटकीय क्षेत्र बनाउन चितवनको शक्तिखोरमा लगाइएको धान्याचल महायज्ञमा रु ४० लाखभन्दा बढी रकम सङ्कलन भएको छ ।

 

maha

कालिका नगरपालिका–४ मा रहेको कालिका भगवती माई मन्दिरमा जारी श्रीमद् भागवत धनधान्याचल महायज्ञमा उक्त रकम सङ्कलन भएको हो ।

महायज्ञको आठौँ दिनसम्म रु ४० लाखभन्दा बढी रकम सङ्कलन भएको महायज्ञको दाता पहिचान समितिका संयोजक उत्तम अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म ५०० मुरी धानसमेत सङ्कलन भएको छ ।

महायज्ञमा सबैभन्दा बढी कालिका–५ की नन्दकुमारी अधिकारीबाट रु एक लाख ७५ हजार सहयोग प्राप्त भएको छ ।

त्यस्तै स्व गोविन्द पुरीको स्मृतिबाट रु एक लाख ६२ हजार तथा स्व अमृता पाण्डेको स्मृतिमा खैरहनी–८ मा रहेको कालिका मोटरसाइकल पार्टसबाट रु एक लाख ६१ हजार सहयोग प्राप्त भएको छ ।

मन्दिरको भौतिक संरचना निर्माणलगायतका उद्देश्य राखेर सञ्चालित महायज्ञमा पण्डित रामकृष्ण उपाध्यायले कथा वाचन गरिरहनुभएको छ ।

कालिका क्षेत्र चितवनको पर्यटकीय क्षेत्रमध्येमा पर्दछ । यहाँ भौतिक पूर्वाधारको अभाव हुँदाहुँदै पनि पर्यटक आउने गरेका छन् । मुख्य गरी हिन्दू समुदायको विभिन्न पर्वमा विशेष मेला लाग्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV