९ फाल्गुन २०७२, आईतवार

काठमाडौं । नेपाली कांग्रेसका कार्यवहाक सभापति रामचन्द्र पौडेललाई संस्थापन पक्षबाट पार्टी सभापतिको एक्लो उम्मेदवार बन्न महामन्त्री कृष्णप्रसाद सिटौलाका कारण अप्ठेरो देखिएको छ ।

rac
अर्को समूहबाट शेरबहादुर देउवाले सभापति बन्ने चुनावी दौड थालिसकेपनि पौडेलले भने आफ्नै समूहका नेताहरुको व्यवस्थापनमा अल्भिmएका  कारोबार दैनिकमा समाचार छ ।
सभापतिका आकांक्षी र अन्य नेताहरुलाई कहाँ, कसरी मिलाउने भन्नेबारे छलफल गरिरहेका उनी चाँडै औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने तयारीमा रहेको पौडेल निकट एक केन्द्रीय सदस्यले बताए ।
उनले सभापतिका आकांक्षी महामन्त्री प्रकाशमान सिंह, सिटौलासहित, रामशरण महत र कोइराला परिवारका सुजाता, शेखर र शशांक कोइरालाको व्यवस्थापनपछि मात्र उम्मेदवारी घोषणा गर्ने आफूनिकट नेतासँग् बताउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV