९ फाल्गुन २०७२, आईतवार

बेनी ,म्याग्दी । म्याग्दीको प्रसिद्ध धार्मिकस्थलका रुपमा रहेको मालिका मन्दिर जोड्ने पदमार्ग निर्माण गरिएको छ ।

 

malika

जिल्लाको विम गाविस–७ इल्पुबाट मन्दिरसम्मको करिब दुई किमी पदमार्ग निर्माण गरिएको हो । पर्यटन कार्यालय पोखराको रु पाँच लाख र विमवासीको रु दुई लाख बराबरको श्रमदानबाट उक्त पदमार्ग निर्माण गरिएको मालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष छकप्रसाद पाइजाले बताउनुभयो ।

विम गाविसको ५, ६ र ७ नं वडा हुँदै मालिका मन्दिरसम्म जाने सो मार्ग स्थानीय स्रोतसाधनको प्रयोग गरी बनाइएको हो । समुद्र सतहदेखि करिब ३३ सय मिटरको उचाइमा अवस्थित मन्दिरमा दर्शन गर्न जाने भक्तजनलाई लक्षित गरी मन्दिर पुनःनिर्माण, पैदलमार्ग सरसफाइ, बस्ने स्थानसहितका पूर्वाधार विस्तार गरिएको छ । करिब डेढ मिटर फराकिलो पदमार्गले स्थानीयवासीलाई वन जङ्गलमा घाँस दाउरा ल्याउन जानसमेत सहज हुने समितिले जनाएको छ ।

कुहुँ, पाखापानी, दरबाङ र बिमबाट आवतजावत गर्न सकिने मन्दिरमा भौतिक पूर्वाधार निर्माणका लागि खच्चडबाट समान ढुवानीसमेत गरिएको छ । मन्दिरमा चण्डीपूर्णिमा सँगै वर्षको तीनपटक विषेश पूजा गरिने भए पनि आफ्नो अपेक्षा पूरा भएको भन्दै दैनिकजसो भक्तजन जाने गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । मालिका, जालपा, कालिका देवीको शक्ति प्राप्त हुन्छ भन्ने जनविश्वासका साथ म्याग्दीका साथै बागलुङ, पर्वतलगायत देशका विभिन्न क्षेत्रबाट सर्वसाधारण मन्दिरमा पुग्ने गर्छन्

प्रतिक्रिया दिनुहोस्

LIVE TV