९ फाल्गुन २०७२, आईतवार

नवलपरासी, नवलपरासीको त्रिवेणी धाममा अन्तर्राष्ट्रिय पुरुष कुस्ती ९दङ्गल० प्रतियोगिता सुरु भएको छ ।

kusti

नागा बाबा लक्ष्मीनारायण मन्दिर नवलपरासीको आयोजनामा आयोजित प्रतियोगिता शनिबारबाट सुरु भएको हो ।

लोप हुँदै गएको कुस्ती खेलको संरक्षण र जगेर्ना गर्ने उद्देश्यले अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन गरिएको प्रतियोगिता सञ्चालक समितिका संयोजक रामअवतार कोइरीले बताउनुभयो ।

आजसम्म चल्ने प्रतियोगितामा नेपालका विभिन्न जिल्लासहित छिमेकी भारतको मध्यप्रदेश, उत्तरप्रदेश, महाराष्ट्र, पञ्जाव, दिल्ली क्षेत्रबाट पहलमानहरु प्रतिस्पर्धामा सहभागी छन् ।

प्रतियोगितामा जित हासिल गर्ने पहलमानहरुलाई उत्कृष्ट पुरस्कारको व्यवस्थापन गरिएको छ ।

LIVE TV