
काठमाडौं । रोल्पा जिल्ला प्रहरी कार्यालयको ब्यारेक कोठमामा प्रहरी जवानले शनिबार आत्महत्या गरेका छन् ।
सुत्ने कोठामा झुन्डिएर ती जवानले आत्महत्या गरेका अन्नपूर्णमा समाचार छ ।
राधापुर ४ सैनिक टोल बाँके स्थायी घर भएका बर्ष ३४ का प्रहरी जवान होमबहादुर थापाले जुत्ताको तुनामा झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
बेलुका ५ बजे रोलकलममा नगएका थापा खोजी गर्दा आफ्नै कोठामा झन्डिएको अवस्थामा फेलापरेका प्रहरीमहानिरीक्षक विजयकुमार सिंहले बताए । थापा कोठामा ढोकाको चुकुल लगाएर झुन्डिएका थिए ।