८ फाल्गुन २०७२, शनिबार

म्युजिक भिडियोमा बेग्लै पहिचान बनाईसकेका मोडल तथा नायिका शील्पा पोखरेल अहिने निकै चर्चामा रहेकी नायिका हुन् । शील्पाले छविराज ओझा व्यानरमा बनेको फिल्म लज्जा बाट फिल्म ईन्डष्ट्रिमा पनि हात हालेकी हुन् । उनले फिल्ममा गरेको अभिनयले पनि दर्शकहरुको राम्रो साथ पाएको थियो । अहिले मिडियाहरुमा शील्पाको हनुहार नायिका रेखा थापा सँग मिल्छ भन्ने हल्ला आईराख्दा शील्पाले न्युज २४ टेलीभिजनको को ‘छ प्रश्न’ कार्यक्रममा बोल्दै रेखा थापासँग अनुहार मिल्नु संयोग मात्र भएको र आफ्नै दममा ईन्डष्ट्रिमा टिकेकी बताईन् ।

vlcsnap-2016-02-20-12h18m18s530
निर्माता छबिराज ओझाले नायिका शील्पालाई लज्जा फिल्ममा डेव्यु गराएका थिए । त्यस्तै अर्को फिल्म हवलदार सुन्तली फिल्ममा पनि छबिराजले शील्पालाई नै नायिका छनौट गरेकी थिए । छबिराजको व्यानर तथा निर्माणमा निर्मीत दुवै फिल्ममा शील्पाले तारीफ दर्शकहरुको तारीफ बटुलेकी थिईन्,भने छबिराजकै व्यानरमा बनेको अर्को फिल्म हिम्मत २ मा पनि शील्पानै मुख्य भुमिकामा रहेकी छिन् । त्यस्तै करीस्माकोे प्रदर्शन भईरहेको फिल्म फागु मा पनि शील्पाले मुख्य भुमिकामा अभिनय गरेकी छिन् । शील्पाको लागि भने यो फिल्म बिशेष हुने भएको छ । योे छबिराज व्यानर भन्दा बाहीरको शील्पाको पहिलो फिल्म हो ।

vlcsnap-2016-02-20-12h06m32s375

प्रतिक्रिया दिनुहोस्

LIVE TV