८ फाल्गुन २०७२, शनिबार

महानायक राजेश हमालले पछिल्लो समयमा अभिनय गरेका फिल्म ‘सकुन्तला’ फिल्मको पहिलो पोष्टर रीलीज भएको छ । राजेश हमालले ‘सकुन्तला’ फिल्ममा फरक भुमिकामा अभिनय गरेका छन्, जहाँ हमालले तेस्रो लिङ्गीकोे भुमिकामा देखिदै छन् । हमालले सकुन्तला पात्रको रुपमा अभिनय गरेका छन् । ‘सकुन्तला’ फिल्मको रीलीज भएको पोष्टरमा हमालको निभारमा टिका,हातमा चुरा,त्यस्तै कालो ब्लाउज र फुलबुट्टे सारीमा सजिएका छन् । साथै उनि एक्शन पोजमा खडा भएका छन् ।
12745789_1089936344361558_7127801455612984941_n
‘सकुन्तला’को रीलीज डेट पनि सार्वजनिक गरीएको छ । ‘सकुन्तला’को पोष्टर सँगै फिल्मका निर्देशक दिनेश श्रेष्ठले फिल्मको रीलीज डेट पनि सार्वजनिक गरेका छन् । फिल्म आउँदो जेष्ठको १४ बाट दर्शकमाझ प्रस्तुत हुदैछ । ‘सकुन्तला’ मा राजेश हमाल, अनु शाह मुख्य भुमिकामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV