८ फाल्गुन २०७२, शनिबार

– प्रेम बानियाँ

रियल फेसको सेटमा उनीसँग भएको अन्तरंग कुराकानी त सार्वजनिक नै छ त्यसपछि र अघिको अनौपचारिक चियागफमा देशको लागि मैदानमा मर्न तयार बिराजको मनोदशा बुझेपछि यस्तो लाग्यो कि यो देशका लागि मर्न तयार हुनेहरु त भोकभोकै पो मरिरहेछन् कि क्या हो ???

यसबारे बिराजले खुलेर भनेका छन् कि, जबजब नजिकै कुनै खेलको उद्घोष हुन्छ तब मात्रै खेलाडीहरुलाई सक्दो ‘डाइट’ पेलिन्छ नत्र अघिपछि मत्लबै गरिन्न ! यसबारे मैले थपेको थिएँ कि, दूध दिनेवेलाको गाईवस्तुलाई घाँस दिएजस्तो गर्दारे’छन् भनेर ! आखिर यथार्थ नै यस्तै रहेछ ! जब कुनै खेल भइरहेको छैन वा हुदैछैन त्यसवेला चिउरादालमोठ र दालभात खाएर हिड्नुपर्ने अवस्था छ । यस्तो शब्दावली उनैले प्रयोग गरेका हुन् ।

यस्तै अर्को सन्दर्भमा खेल जितेर आएको खेलाडी र टिमलाई गरिने व्यवहारबारे उनले खुलेर बोले कि, यहाँ जितेर आएपछि मात्र वाहीवाही गरिन्छ र अनेकौंले आफ्नो लोकप्रियताका लागि अनेकौं प्रकारको सहयोग दिने घोषणा गर्दछन्, जस्तो अहिले भइरहेको छ । तर, तिनले यो कुरा किन बुझेनन् कि, एउटा खेलाडीको जीवनमा जित मात्र हुदैन हार पनि हुन्छ ! एउटा खेलाडीका लागि हारेका वेला पनि उत्तिकै ‘डाइट’ आवस्यक पर्छ जति जितेका वेला पर्छ । बिराजको प्रश्न छ, मान्छेहरु यो किन बुझदैनन् कि एउटा खेलाडी घाइते हुनका लागि मात्र होइन, देशको कसम खाएर मरियो भने पनि ठीकै छ भनेर मैदान पसेको हुन्छ ? तर, किन मान्छेहरु खेलुन्जेल मात्र वा जितेपछि मात्र खेलाडी सम्झिन्छन् ??

एक गम्भीर सवालमा बिराजले भनेका छन् ‘देशमा म्याच फिक्सिङ भयो भनेर बबन्डर मच्चाइयो, म पनि छाँगाबाट खसेजस्तै भएँ, तर के म्याच फिक्सिङ गरेकाहरुले महल बनाए ? विदेशी बैंकमा तिनको खातामा हजारौं डलर छ ? कसैले पुष्टि गर्नसक्छ ?

म कामना गर्छु यो कुरा असत्य होस् तर सत्य के हो भने यो देशमा आफ्नो जिन्दगी नै देशको नाममा राखूँला, मैदानमा लडेर मरिएछ नै भने पनि मरौंला भनेर खेल क्षेत्रमा होमिएको एउटा खेलाडीको भविष्य, उसको सन्तानको भविष्य एक रति पनि सुरक्षित छैन । र, जबसम्म देशको पक्षमा लड्नेहरुको भविष्य सुरक्षित छैन वा उनीहरु भोकभोकै मर्ने दिन आउँछ तबसम्म यो देशको पनि भविष्य छैन । के यो सही हो ?????
जय स्वाभिमान
बिराज महर्जनसँगको अन्तरंग कुराकानी यो लिंकमा गएर हेर्नसक्नुहुन्छ

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV