८ फाल्गुन २०७२, शनिबार

वीरगन्ज – नाकाबन्दी खुलेपछिको ११ दिनेको अवधिमा भारतबाट वीरगन्ज नाका हुँदै दुई करोड लिटरभन्दा बढी इन्धन नेपाल भित्रिएको छ । माघ २५ देखि फागुन ६ गतेसम्म डिजेल, पेट्रोल, हवाई इन्धन र मट्टितेल गरी एक हजार एक सय ७१ ट्यांकरमा कुल दुई करोड १० लाख ५१ हजार लिटर इन्धन वीरगन्ज नाका हुँदै नेपाल भित्रिएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।

birgunj1

मधेसी दलले वीरगन्ज रक्सौल नाकामा गरेको नाकाबन्दी माघ २२ गते नै खुले पनि भारतीय आयल कर्पोरेसन आइओसीको रक्सौल डिपोले भने नेपाली ट्यांकरमा माघ २५ गतेदेखि मात्र सहज रुपमा इन्धन भर्न थालेको नेपाल आयल निगम मध्यक्षेत्रीय कार्यालय वीरगन्जले जनाएको छ । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

LIVE TV