
इलाम।मा प्रजातन्त्र दिवसको औपचारिक कार्यक्रम ।प्रमुख अतिथि पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनाल । कार्यक्रमको अध्यक्ष स्थानीय विकास अधिकारी मदन कोइराला । सहभागी करिब २० जना ।
जिविस इलामले ६६औं प्रजातन्त्र दिवस मनाउन शुक्रबार औपचारिक कार्यक्रमको आयोजना गरेको थियो । तर, प्रजातन्त्र दिवस मनाउन न कर्मचारी पुगे न राजनीतिक दलका स्थानीय नेता । सरकारमा सहभागी दल पनि सहभागी नभएपछि मञ्च र सभा हल रित्तो थियो । नयाँ पत्रिका दैनिकमा खबर छ ।