८ फाल्गुन २०७२, शनिबार

झापा, झापाको शनिअर्जुन नगरपालिका–३ मा रहेको नवदुर्गा निम्न माध्यमिक विद्यालयको दुई कोठे पक्की भवनको शुक्रबार सांसद प्रेम गिरील शिलान्यास गर्नुभयो ।

vawan

जिल्ला शिक्षा कार्यालयले उपलब्ध गराएको रु १३ लाखको आर्थिक सहयोगबाट विद्यालयले दुई कोठे भवन निर्माण गर्न लागेको हो । भवनको निर्माण एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको प्रधानाध्यापक रुद्रप्रसाद खतिवडाले बताउनुभयो ।

सोही विद्यालय परिसरमा स्थानीय दाता लोकबहादुर बुढाथोकीले रु एक लाख ५० हजार खर्च गरेर सरस्वतीको मन्दिर निर्माण गरिदिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV