८ फाल्गुन २०७२, शनिबार

काठमाडौं – आर्थिक अनियमिततामा सम्लग्न भएको अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौं अन्तर्गतका चार प्रहरी अधिकृत कारबाहीमा परेका छन ।

polic

स्वयम्भू वृतका मुद्दा शाखाका प्रहरी नायव निरीक्षक, गंगबुका प्रहरी नायव निरक्षिक र नागढुंगाका दुई जुनियर प्रहरी अधिकृतलाई आर्थिक रुपमा बदनाम भएपछि कारबाहीका लागि परिसर तानिएको छ ।

छड्के जाँचका क्रममा नागढुंगाका प्रहरीले सेवाग्राहीसँग आर्थिक लेनदेन गरेको तथा स्वयम्भुका मुद्दा शाखाका प्रहरीले पनि सोही प्रकृतिको आचरण देखाएकाले परिसर तानिएको हो ।
त्यसैगरी नयाँ बसर्पाकका सई निर्मल ज्ञवाली भने १ लाख रुपैयाँ चोरी भएको आरोपमा परिसरमा तानिएका छन्। मादक पदार्थ सेवन गरेको आरोपमा पक्राउ परेकाको गोजीबाट पैसा चोरेको अभियोगमा उनलाई तानिएको हो। राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV