८ फाल्गुन २०७२, शनिबार

नयाँदिल्ली – ६ दिने राजकीय भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार साँझ भारतको नयाँदिल्ली आइपुगेका छन् । भारतले संविधान जारी भएलगत्तै नेपालमाथि लगाएको नाकाबन्दी हटिसकेकाले भारतसँगको सम्बन्ध सुधारलाई प्रधानमन्त्री ओलीले मुख्य प्राथमिकता दिएका छन् । भारत सरकारले ओलीको भ्रमणलाई विशेष महत्त्व दिएको छ ।

kkpp

‘भाजपा नेपालसँगको सम्बन्ध राम्रो बनाउनुपर्छ भन्नेमा थियो, छ र हुनेछ । सम्बन्ध चिसिरहनु दुवै देशका लागि ठीक छैन भनेर पार्टीगत तहबाट हामीले हाम्रो सरकारलाई पहिलेदेखि नै भन्दै आएका हौं, अब हाम्रो मित्रतापूर्ण सम्बन्ध सहजतातर्फ अघि बढेको छ । हामीलाई खुसी लागेको छ,’ सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभागमा रहेका सेसाद्री चरीले भने । प्रधानमन्त्री ओलीलाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिन् । ओलीलाई स्वागत गर्दै विदेशमन्त्री स्वराजले ओलीको स्वास्थ्य अवस्थाबारे चासो राखिन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV