८ फाल्गुन २०७२, शनिबार

काठमाडौं । बोरिङ गाडेर जमिनमुनिबाट निकालिएको पानी बैशाख १२ गतेको भूकम्पले सुकेपछि रोतहटको एक गाउँका किसान चिन्तित बनेका छन् ।

boring

रौतहटको चन्द्रपुर नगरपालिका १५ श्रीनगर खैरा गाउँका किसानले बोरिङ गरेर जमिनमुनिबाट निकालेको पानी तरकारी खेतीमा सिँचाइ गर्दै आएका अन्नपूर्णमा समाचार छ ।
गाउँमा तरकारी खेतीकालागि जमिन भएपनि उपयुक्त सिँचाइको सुविधा नहुँदा खेती राम्रो हुने गरेको थिएन । गरिबी निवारण कोषको आर्थिक सहयोगमा तीन बर्ष अभि बोरिङ गाडिएको थियो ।
करिब ९० विघा जमिनमा सिँचाइ सुविधा हुँदै आए पनि भूकम्पछि पानी आउन छाडेको किसानले बताए ।
सिँचाइ सुविधा बन्द हुँदा गाउँका ५० भन्दा बढी किसान मर्कामा पष्रेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV