
प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने राजकीय भ्रमणका लागि आज भारत प्रस्तान गर्नु भएको छ । ओली ४६ सदस्यीय जम्बो टोलीको नेतृत्व गर्दै नेपाल वायुसेवा निगमको जहाजबाट दिल्ली प्रस्थान गरेका हुन् । भ्रमण टोलीमा प्रधामन्त्री ओलीकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री शक्ति बस्नेत लगायत छन् ।
यसैविच प्रधानमन्त्री केपी शर्मा ओलीले दिल्ली जानु अधि हिजो काठमाण्डौँ को गौशलामा रहेको तिलगङ्गा आखाँ अस्पतालमा द्रष्टि जचाउनु भएको छ ।द्रष्ट्रि जचाएर भारत लागेका प्रधानमन्त्रीले मित्रताको जग वसाल्न आफु भारत लागेको बताएका छन् ।