७ फाल्गुन २०७२, शुक्रबार

रेखा थापाको निर्माण तथा अभिनय रहेको फिल्म ‘राम प्यारी’को पोष्टर सार्वजनि भएको छ । रेखा थापाको उक्त पोष्टर अनुसार उनि एक्सन भुमिकामा देखिने भएकी छिन् । पोष्टरमा उनि साधु ड्रेसमा रुद्राक्षको माला सहित भगवान शिबको मुर्तिको अगाडी उभिएकी छिन् । त्यस्तै हातमा पनि रुद्राक्षको माला नै लिएकी छिन् ।

rekha thapa

सबिर श्रेष्ठले निर्देशन गरेका फिल्म ‘राम प्यारी’मा रेखाले दोहोरो भुमिकामा अभिनय गरेकी देखिन्छिन् । चैत्रको २६ लाई रीलीज डेट तोकेका फिल्म ‘राम प्यारी’मा  रेखाको साथै सबिन श्रेष्ठ, आभास अधिकारी,आश्मा डि.सि. लगाएतले अभिनय गरेका छन् । ‘राम प्यारी’ फिमेल ओरीन्टेड फिल्म रहेको छ । आफ्नै दीदीको छोरा आभाष पनि यसै ‘राम प्यारी’  फिल्मबाट फिल्म ईन्डष्ट्रिमा हात हालेका छन् । फिल्म ‘राम प्यारी’ले महिला पनि पुरुष जतिकै हरेक क्षेत्रमा सक्षम रहेको सन्देश दिने जनाएका छन् ।

रेखा थापा(1)444

LIVE TV