
काठमाडौँ,उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले नेपाली जनताले पाएको प्रजातन्त्र तात्कालिन राजा त्रिभुवन शाहको अगुवाईमा भएको दाबी गर्नुभएको छ ।
प्रजातन्त्र दिवसको अवसरमा भूकम्पले क्षति पु¥याएको काठमाडौंको दशरथ रगंशालास्थित राजा त्रिभूवनको शालिकको पुनर्निमाणको उदघाटन गर्नुहुदै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले नेपालमा प्रजातन्त्र राजा त्रिभुवन शाहको अगुवाईमा आएको बताउनु भयो । उँहाले राजा त्रिभुवनको सक्रिय भुमिकामा जँहानीयाँ राणा शासनको हातबाट जनताले प्रजातन्त्र पाएको उल्लेख गर्नुहुदै प्रजातन्त्र दिवसमा राजा त्रिभुवनलाई विर्सनु अन्याय हुने जिकिर गर्नुभयो ।
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री थापाले भूकम्पले क्षति गर्ेको राजा त्रिभुवनको शालिकलाई पहिलेकै स्वरुपमा निर्माण गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो । ऐतिहासिक धरोहरका रुपमा रहेको त्रिभुवन शालिकलाई भूकम्पले क्षति पु¥याएपछि त्रिभूवन पार्कका रुपमा पुननिर्माण गर्नका लागि काठमाण्डौ महानगर पालिकाले सेन्चुरी बैकलाई जिम्मा दिएको छ ।