
संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सिमांकनको मुद्दा टुङ्गो लगाउने गरी अधिकार सम्पन्न संयन्त्र बनाउनु पर्ने बताउनुभएको छ । विराटनगरमा संचारकर्मीहरुसंग कुरा गर्दै अध्यक्ष यादवले सिमांकन लगायतका विषयहरु टुङ्गो लगाउन बनाउने भनिएको राजनैतिक संयन्त्रको कानुनी र संवैधानिक ग्यारेण्टी नभएसम्म यसको औचित्य नभएको बताउनु भएको हो । उहाँले दुनियालाई देखाउने नाममा संयन्त्रको अधिकार र कार्यक्षेत्र स्पष्ट नहुने गरी बनाइएको संयन्त्रमा आफुहरु नबस्ने पनि प्रष्ट पार्नुभयो । अध्यक्ष यादवले सरकारले मोर्चासंग सहमति नगरी संविधान संसोधन गरेर गलत गरेको आरोप पनि लगाउनुभयो ।