
फिल्मका निर्माताहरु बिशेष गरी शुक्रबारको मौका पारेर आफ्नो फिल्महरु दर्शकमाझ प्रस्तुत गर्ने चलन रहेको छ । यसै शुक्रबारबाट तिन फिल्महरु ‘फागु’, ‘को आफ्नो’ र ‘द सोल्जर’ पनि दर्शकमाझ प्रदर्शनमा आएका छन् । करीस्मा मानन्धर र बिनोद मानन्धरले निर्माण गरेका फिल्म ‘फागु’ ले तराईको खुल्ला सिमानाका कारण परीवारमा पर्न जाने बाधा अबरोधलाई प्रस्तुत गर्ने भएको छ । ‘फागु’लाई महिला निर्देशक समझना उप्रेति रौनियारले निर्देशन गरेकी छिन् । पारीवारीक फिल्म रहेको ‘फागु’मा दयाराम पाण्डेको लेखन तथा बसन्त सापकोटाको संगीत रहेको छ । त्यस्तै रामशरण उप्रेतिले सिनेमाटोग्राफि र बनिश शाह र भुपेन्द्र अधिकारीले सम्पादन सम्हालेका छन् । यस ‘फागु’ फिल्ममा गौरी मल्ल, बसन्त भट्ट, राजेश हमाल,शील्पा पोखरेल, सुवास पराजुली लगाएतले अभिनय गरेका छन् । फिल्म ‘फागु’ शील्पा पोखरेलको लागि अझ बिषेश हुने भएको छ । फागु फिल्म शिल्पाको छबिराज ओझा ब्यानर भन्दा बाहीर काम गरेको पहीलो फिल्म हो । यस अघि शील्पाले छबिराज ओझा व्यानरमा मात्र काम गरेकी थिईन् । उनको अभिनयलाई दर्शकहरुले पनि निकै मन पराएका थिए ।‘फागु’ फिल्मबाट नै नव नायक सुवास पराजुलिले पनि नेपाली फिल्म ईन्डष्ट्रिमा पाईला टेकेका छन् ।
फिल्म ‘को आफ्नो’ पनि शुक्रबाट दर्शक माफ दरीलो रुपमा प्रस्तुत भएको छ । ग्रामीण परीबेश बाट शुरु भएको कथाले मुलभुत रुपमा परीबारमा भएको पारीबारीक द्धन्धबाट चलचित्रको कथा बस्तुलाइ डोराएको छ । सन्तानको चाहना भयर पनि सन्तान प्राप्त गर्न नसकेका जोडि र सन्तान भयर पनि उचित स्याहार सुसारको अभाब झेलि रहेको दम्पत्ती बिचको पारीबारीक तनाब र सस्पेन्स बिचको यथार्थ लाई फिल्म ‘को आफ्नो’ले प्रस्तुत गर्नेछ । सामान्यतया प्रस्तुत हुदै आएको भन्दा फरक किसिमको कथा लाई पर्दामा ल्याउने प्रयास लेखक एबं निर्देशक अनिल थापाले गरेका छन् । फिल्मको कथा बस्तुलाई ऋचा शर्मा,सुवास थापा,शुशांक मैनाली,मेनुका प्रधान,राजन खतिवडा शान्ती प्रधान मार्फत पर्दामा प्रस्तुत गरीएको छ । फिल्मको बिचमा पुराना सदाबहार गितहरुलाइ पनि सेचुयसन अनुसार गरेको प्रस्तुती आकर्शक देखीएको छ । नेपाली माटो सुहाउदो नेपाली पनि बोकेको फरक बिषय बस्तु लाइ कुशलता पुर्बक निर्देशक अनिल थापाले प्रस्तुत गरेका छन । बाइट अनिल शाह सिनेमेटोग्राफर शैलेन्द्र द्धज कार्की र इडिटर निमेश श्रेष्ठले पनि तारीफ योग्य काम गरेका छन ।
‘फागु’र ‘को आफ्नो’ सँगै अर्को फिल्म ‘द सोल्जर’ पनि भिन्दै कथाबस्तु लिएर दर्शकमाझ प्रस्तुत भएको छ । बि.एस.बलामीले निर्देशन गरेका फिल्म ‘द सोल्जर’ले पुर्णरुपमा एक्शन प्रदान र जंगलको कथा व्यथालाई प्रस्तुत गर्ने भएको छ । ‘द सोल्जर’ फिल्ममा राजेन्द्र चौधरीले पुर्ण रुपमा एक्शन भुमिकामा अभिनय गरेका छन् । लिड रोलमा रहेका चौधरीलाई जेनिशा केसिले साथ दिएकी छिन् । रामकुमार लामिछानेले प्रस्तुत गर्ने फिल्म ‘द सोल्जर’मा बलिउड फिल्म ‘टार्जन’को कथाबस्तु रहेको छ । फिल्ममा विभिन्न खतारनाक सिनहरु रहेका छन् । जस्मा हात्तिमाथि कुद्ने, पानी माथि दगुर्ने जास्ता भिन्न खालका सिनहरु छन् । ‘द सोल्जर’ फिल्ममा मनोहर सुनामको संगीत रहेको छ । त्यस्तै शेखर ज्ञावलीको कथा रहेको ‘द सोल्जर’मा सुरेश चौधरीले नृत्य निर्देशन गरेका छन् । ‘द सोल्जर’ले अन्य फिल्महरुको तुलनामा फरक रहेको छ । फिल्ममा राजेन्द्र चौधरी र जेनीसा के.सि.का साथै सुवास मेचे,दिवास उप्रति,सुनिल थापा, सुलेमान शंकर लगाएतले अभिनय गरेका छन् । यि तिनै फिल्महरुलाई हाम्रो तर्फबाट ससफलताको शुभकामना ।